कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाबाट जारी गरिएको सूचनाअनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण वर्तमान परिस्थितिको मूल्याङ्कन गर्दै यस विद्यालयको प्रत्यक्ष रुपमा सञ्चालन गरिएको पठनपाठन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । अनलाइनबाट हुने पठनपाठन भने पूर्व कार्य तालिकाअनुसार नै सञ्चालन हुने कुरा पनि सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।



